

अकामा होटलले अब १०० रुपैयाँ फेस भ्ल्यालूमा आइपीओ ल्याउने




काठमाडौं । राजधानीस्थित धुम्बाराहीमा रहेको अकामा होटल लिमिटेडले आइपीओको अंकित मूल्यमा फेरबदल गरेको छ। उक्त पाँचतारे होटलले यसअघि जारी गर्ने भनेको मूल्य बढाएको हो ।
अब सो होटलले एक कित्ताको ५० रुपैयाँको दरमा आइपीओ ल्याउँने धुमधाम तयारी गरे पनि नेपाल धितोपत्र बोर्डले सो दरलाई १०० कायम गरेको छ।
अब यसको सेयर कित्ता २२ लाख ५० हजारमा सीमित हुन पुगेको बेलामा सोही अकमा होटलले असार ६ गते बोर्डमा अंकित मूल्य संशोधनसँगै सोही संसोधित आह्वान पत्र समेत पेश गर्ने जनाएको छ ।