

नेपाल आयल निगमको विशेष सभा असार २७ मा बस्दै




काठमाडौं । नेपाल आयल निगमले आफ्ना विशेष सभा डाकेको छ । सो सभा असार २७ गतेका लागि बोलाइएइको हो ।
उक्त सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको हलमा बस्नेछ । आयल निगमले दिएको जानकारी अनुसार दिउँसो १ बजे समय तालिका तोकिएको छ । साथै, सभा प्रयोजनका सम्बन्धि निर्णय असार ९ गतेको कम्पनी संचालक समितिको बैठकले तय गरेको हो ।
आउने सभाबाट प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ सदर गर्ने लगायतका प्रस्तवाहरु पास हुनेछन् ।