

पहिरोका कारण उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध




सङ्खुसवासभा । उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड सुक्खा पहिरोका कारण अवरुद्ध भएको अवस्था छ ।
सोही मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिएका छन् ।
आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । जसका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्घ हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए।
साथै, फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिए ।