

राष्ट्रिय जीवन बीमा कम्पनीको व्यतित बीमालेख नविकरणमा सहुलियत हुने




काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका बीमितहरुलाई लक्षित गरेर कम्पनीले सूचना प्रकाशन गरेको हो । कम्पनीले जारी बीमालेखमा व्यतित भएका बीमालेख असार २५ गतेसम्म नवीकरण रिन्यू गर्नेलाई सहुलियत दिने भएको हो।
यता, कम्पनीले आज असार १० गतेदेखि असार २५ गतेसम्म व्यतित भइसकेका बीमालेखको नविकरणमा त्यस्तो बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट दिइने जनाइएको हो । उक्त सुविधा १ वर्ष वा सोभन्दा बढी १० वर्षसम्म व्यतित भएका सबै बीमालेखमा लागू हुने भन्दै कम्पनीले यता, १० वर्षभन्दा बढी अवधिदेखि व्यतित रहेको बीमालेखमा भने यो लागू नहुने खुलाएको छ ।
कम्पनीाक अुनसार त्यस्तो छुट सुविधा बीमालेख अवधिभर एकपटक मात्रै प्रदान गरिने भएकाले यो भन्दा अघि छूट सुविधा लिइसकेको बीमालेखको हकमा भने यस्तो व्यवस्था लागू नहुने जनाइएको छ ।