

घट्यो सेयर बजार




काठमाडौ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.१६ अकंले घटेको छ ।
बजार, २५९६.७४ बिन्दुमा आएको हो । त्यस्तै, आज ३ सय १० कम्पनीको २ करोड १५ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ सेयर बजारमा आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो ।
सोही दिन, १३ वटै सूचक राताम्य भएका छन् भने आज होटल तथा पर्यटन समूहको ३.०५ प्रतिशत, हाइड्रोपावर समूहको २.६९ प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशतले शेयर मूल्य घटेको छ ।