

एशियन लाइफले असार २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने




काठमाडौं । जीवन बीमक एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २५ गतेदखि हकप्रद सेयर ल्याउने भएको छ । कम्पनीका अनुसार सो सेयर ४२ प्रतिशत हकप्रद निष्कासन हुने भएको हो।
यता, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद शेयर १ बराबर ०।४२ का दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको अवस्था छ। सोही हकप्रद शेयर निष्कासनबाट कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ संकलन हुने बताइएको छ।
हाल हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ १६ गते १ दिन बुक क्लोज गरिसकेको छ भने आवेदनका लागि साउन १३ गतेसम्म समय दिइएको छ। सोही हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले एशियन लाइफलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग दिएको छ बेलामा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको हो ।
साथै, आवेदकले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको विभिन्न ठाउँहरु बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफको कार्यालयबाट आवेदन एप्लाइ गर्न मिल्ने व्यवस्थ गरिएको छ ।