

जोशी हाइड्रोको हकप्रद सुरक्षित गर्नेलाई आज अन्तिम दिन




काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज असार ५ गते अन्तिम दिन रहेको जनाएको छ। सोही कम्पनीले हकप्रद सेयर निष्काशनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोही कारण आज असार ५ गते बिहिबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने भएका हुन्।
यता, कम्पनी १ बराबर ६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
सेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।