

घट्यो सुनको मूल्य




काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।