प्रभु क्यापिटलको बुकक्लोज तोकियो,यस्तो छ लाभांशको अवस्था
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना २ म्युचुअल फण्डको लाभांशका लागि बुकक्लोजको समय सार्वजनिक गरेको छ। सो क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने निर्णय गरेको हो ।
अब यही असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्रै फण्डको लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।
कम्पनीका अनुसार क्यापिटलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले प्रभु सेलेक्ट फण्डका इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डका इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ८।५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।