

सुनको मूल्य १४ सयले बढ्यो




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको हो।
यता, गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर भएको छ । चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको महासंघले जनाएको हो।