

एभरेष्ट कलरको जारी पुँजी बढ्यो, ७ लाख ९० हजार कित्ता सर्वसाधारणलाई आईपीओ जारी हुने




काठमाडौं । एभरेष्ट कलर लिमिटेडको बिशेष बार्षिक साधारणसभा सम्पन्न गरेसँग उसको चर्चा समेत बढेको छ। कौशलटार, भक्तपुर स्थित केन्द्रिय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पुँजी वृद्धि गरी ३० करोड रुपैयाँ र सो पुँजीको २६.३३ प्रतिशत ७,९०,००० कित्ता शेयर १०० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
यस अघिको बार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सम्पन्न सोही विशेष साधारणसभाले आईपीओको प्रतिकित्ता मूल्य संशोधन गरी पुँजी बृद्धि गर्ने निर्णय गरेको हो । त्यसै गरी सभाले स्वतन्त्र संचालकमा कपिल देव महत्तोलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समीतीका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारण सभाले संचालक समीतीले प्रस्ताव गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरु पारीत गरेको जनाइएको छ ।
कलर उधोगदेखि पृथक ढंगले,संगठीत स्वदेशी युवाहरुको लगानीमा विशेष
नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनिलाई केयर रेटींङ्गस नेपाल लिमिटेडले डबल बी माईनस रेटींङ्ग प्रदान गरेको जनाइएको हो ।