

नेप्से परिसूचकमा गिरावट




काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचकमा गिरावट आएको छ। उक्त परिसूचक दोहोरो अंकले घटेको हो ।
आज नेप्से परिसूचक १३ दशमलव ९६ अंकले घटेर २६२० दशमलव २७ विन्दुमा पुग्दा १ सय ८३ कम्पनीको सेयर मूल्य घटेको र ६२ कम्पनीको सेयर मूल्य बढेको देखिन्छ।
एक कम्पनीको सेयर मूल्य स्थिर रहेको बेलामा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा ३ दशमलव २८ अंकको गिरावट आएर ४ सय ४१ दशमलव ४४ विन्दुमा पुगेको अवस्था छ । बुधबार, १३ उपसूचकमध्ये २ वटाको मात्रै सेयर मूल्य बढ्दा यता बाँकी ११ वटा उपसूचकको सेयर मूल्य घटेको हो ।
साथै, बजार बन्द हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो भने ३ सय १५ कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर १ लाख १२ हजार ५७७ पटक खरिद बिक्री भएको नेप्से परिसूचकमा देखिन्छ ।