

सुनको मूल्य २ हजार रुपैयाँले घट्यो




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्न पुगेको छ । सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।
त्यस्तै, मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने बढेको महासंघले जनाएको हो। यता, चाँदी तोलामा १० रुपैयाँले बढेको बेलामा आज चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो भने चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको अवस्था थियो ।