

बीमा कम्पनीको मर्जरले स्थायित्व नपाए डिमर्जर छाउने सम्भावना कतिको हुन्छ ?




काठमाडौं । नेपाल बीमा प्राधिरकणले सबैभन्दा पहिला बीमा कम्पनीहरुको चुक्ता पुँजी (पेड अफ क्यापिटल) बढाउन निर्देशन दियो । त्यस्तो क्यापिटल बढाउने बेलामा कुनै पनि बीमा कम्पनीहरुलाई मर्जरमा लान वा मर्जर बाध्यकारी होइन भन्ने जानकारी दियो । धमाधम बीमा कम्पनीहरु मर्जरमा गए ।
बीमा कम्पनीहरुमा कार्यरत एकजना कर्मचारीलाई पनि मर्जरले जगिरबाट बारिहीनु पर्ने अवस्था आउँदैन भन्ने आश्वासन दिइयो । अहिले मर्जरमा गएका कम्पनीहरु राम्रोसँग सेट भइसकेका छैनन्। मर्जरपछि ठूला कम्पनीका पुराना र सफल सीईओहरु नै फालिए । त्यो पनि निकै छोटो अवधिमा । कतिपय कम्पनीमा सीईओको सट्टा पट्टा जस्तो पनि चलिरहेकै छ ।
ठीक यही बेलामा बीमा कम्पनीहरुको विषयमा मर्जरको (डिप एनालाइसी) र पोस्ट मर्जर छलफल चहिने बीमा विज्ञहरु बताउँछन् । त्यस्तो, छलफल बीमा कम्पनीहरुको मर्जर के को लागि गरेको ? मर्जरको उदेश्य कहाँसम्म हो ? र हाल बीमा कम्पनीहरुको मर्जर कहाँ पुग्यो त ? भन्ने विषयमा बीमा प्राधिकरण चुइक्क बोल्दैन । बीमा कम्पनीहरुलाई दक्षिण एशियाकै ठूलो मर्जरको रुपमा सफल लगनगाँठो कसेको सार्वजनिक घोषणा गरेको नियामक निकायले हाल बीमा कम्पनीहरुको मर्जरपछिको बजार कहाँ पुग्यो ? भन्ने सकारात्मक प्यारामिटरदेखि केही आत्मसमिक्षा गर्न समेत जरुरी देखिएको छ ।
भनाईको मतलब मर्जरका लागि मात्रै मर्जर भएर ठूलो सफलता भएको हो कि ? आगामी दिनमा अब के कती उपलब्धि हाँसिल गर्दै जाने भन्ने बाटोमा बीमा कम्पनीहरु पुगे त ? भन्ने विषयको गहिराईमा कुनै समिक्षा भएको पाइदैनन् ।
कम्पनीको गन्जागोलले अधिकांशमा कल्चरल सक
हालसम्म पनि विभिन्न कम्पनीहरुको मर्जरबाट उत्पन्न नयाँ कल्चरमा काम गर्न गाह्रो भएको बीमा कम्पनीका स्टाफलहरुले सुनाइरहेका छन् । संचालक र सीईओहरुले नाफा र जागिर बचाउ अभियानमा लागि रहदा कडा र निष्पक्ष इन्सपेक्सको जरुरी रहेको जीवन बीमा कम्पनीमा करिब दुई दशक बिताएका एक सिनियर कर्मचारीले दु:ख व्यक्त गरेका छन् ।
हाल नेपाली बीमा क्षेत्रलाई नांगो आँखाले हेर्दा होस् वा आई ग्लास लगाउँदा होस् मर्जरलाई बचाउँने अथक प्रयास नगरेर मर्जर सफल भएको मौखिक घोषणा मात्रै सर्वेसर्वा नहुने आवज उठ्न थालेको हो ।
यता एक मर्जरमा नगएको नयाँ जीवन बीमा कम्पनीका सिनियर एकाण्टेन्टले भने हामीले त यहीँ क्षेत्रमा लामो समय काम गर्नु छ । अब डिमर्जर भएको चाही देख्न नपरोस् । किनकी बीमा बजार जति विकसीत हुन्छ त्यती नै हामीलाई पनि बीमा चेतना बढाउन सजिलो हुने हो । जनताको जोखिम रक्षावरण हुने हो । अब कुनै पनि एजेण्डा अघि सारेपछि त्यसलाई पूर्ण रुप दिन वा पूर्ण भयो भनेर पनि त केही घोषणा गर्नु पर्ला नि ।
यस्तो छ विश्व बजारमा बीमा कम्पनी डिमर्जर हुनसक्ने प्यारमिटर मापदण्ड
वित्तीय स्वास्थ्य
कम्पनीको वित्तीय अवस्था कस्तो छ, यसले नाफा कमाइरहेको छ कि छैन, र यसको ऋण कति छ भन्ने कुरा महत्त्वपूर्ण मानिन्छ।
बजार हिस्सा
कम्पनीले बजारको कति हिस्सा ओगटेको छ, र यसको वृद्धिदर कस्तो छ भन्ने कुरा पनि हेरिन्छ।
व्यवस्थापन
कम्पनीको व्यवस्थापन कत्तिको सक्षम छ, र यसले कस्तो रणनीति अपनाइरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
सम्पत्ति र दायित्व
कम्पनीको सम्पत्ति र दायित्वको अनुपात कस्तो छ, र यसले आफ्नो दायित्वहरू कसरी व्यवस्थापन गरिरहेको छ भन्ने कुरा पनि हेरिन्छ।
जोखिम व्यवस्थापन
कम्पनीले जोखिमहरूलाई कसरी व्यवस्थापन गरिरहेको छ, र यसले कस्ता जोखिमहरू लिइरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
कानूनी र नियामक आवश्यकताहरू
कम्पनीले कानूनी र नियामक आवश्यकताहरू पूरा गरिरहेको छ कि छैन भन्ने कुरा पनि हेरिन्छ।
प्रविधि र नवप्रवर्तन
कम्पनीले नयाँ प्रविधिहरू अपनाइरहेको छ कि छैन, र यसले कस्तो नवप्रवर्तन गरिरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
ग्राहक सन्तुष्टि
कम्पनीका ग्राहकहरू कत्तिको सन्तुष्ट छन्, र यसले ग्राहक सेवालाई कत्तिको महत्त्व दिन्छ भन्ने कुरा पनि हेरिन्छ।
कर्मचारीहरू
कम्पनीका कर्मचारीहरू कत्तिको दक्ष छन्, र यसले उनीहरूलाई कस्तो अवसर दिन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
दीर्घकालीन रणनीति
कम्पनीको दीर्घकालीन रणनीति कस्तो छ, र यसले भविष्यमा कसरी अगाडि बढ्ने योजना बनाएको छ भन्ने कुरा पनि हेरिन्छ।
यस्ता, प्यारामिटरहरु मर्जरपछि देखिएको नतिजा हो वा दुईवटा कम्पनी जोड्दा क्षणीलाई एक एक दुई भएर प्रतिफल, डेभिडेन्ट दिएका हुन् भन्ने विषयमा पनि बीमा बजारको ध्यान आकर्षति हुन थालेको छ । आगामी दिनमा मर्जरलाई स्थायित्व दिन नियमक निकाय नेपाल बीमा प्राधिकरणले जिम्मेवार रुपमा भूमिका खेलोस् । सो को जस अपजस समेत लिने सक्ने ल्याकत राखोस् । बीमा क्षेत्राबट पछिल्लो समय भइरहेका उच्च कर्मचारीहरुको पलायन र वोर्किक प्याट्न कार्यशैलीको खोक्रो कडाईले मात्र व्यावसायीक प्रगतीमा बाधा पुग्ने भन्ने केही बीमा क्षेत्रका २० औं वर्षका अनुभवीहरुले मुख खोल्न थालेका छन् ।
हामी नियामक निकायले चालेका कुनै पनि सकारात्मक कदमको विपक्षमा कहिल्यै छैनौ, हुँदैनौ । तर, यो चाही साँचो हो, लर्बराएर, धर्मराएर सम्पन्न भएका केही मर्जरले बीमा कम्पनीहरुलाई निल्नु न ओकल्नु बनाएको चाही सत्य हो । त्यसमा नियामक निकायले दोष दिने परिपाटी भन्दा सबैभन्दा पहिला आफ्नो उदेश्य स्पष्ट पारोस् । मर्जरलाई थप स्थायीत्व दिँदै सबल बनाउँन सकोस् ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स