


ऊर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त भएसँगै कुलमानको पक्षमा बोल्नाले सास्ती खेप्नु परेको गुनासो




काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छाराम लाई बर्खास्त गरिएको छ। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पदबाट बर्खास्त गरेसँगै सो विषयले ठूलो चर्चा समेत कमाएको हो।
यता, स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन् । मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेको जनाइएको छ।
साथै, यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने जस्ता विषय बोलेकोले सास्ती खेप्नु परेको गुनासो समेत गरिएको अवस्था छ।