

विदेशी पुनर्बीमा कम्पनीले चलाउन थाले अफर : नेपाली बीमा कम्पनीलाई जोगिन हम्मे हम्मे




काठमाडौं । पछिल्लो समय विदेशी पुनर्बीमा कम्पनीहरुले नेपालमा रहेका बीमा कम्पनी (मुख्य गरेर निर्जीवन बीमा कम्पनीहरुलाई) अनेकौं अफरहरुका साथ लोभ्याउँने परम्परा विकास गर्न थालेका छन् । उनीहरुलाई सामान्य नगद, जिन्सीका अफरदेखि विदेशी विश्वविद्यालयमा छोराछोरीहरुलाई पढाउँनेसम्मका अफरहरु आउँन थालेको खुलेको हो ।
कुनै पनि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई अहिले उच्च तहको या भनौ आकर्षक नै सुविधा प्रदान गरिदै आएको छ । यस्तो बेलामा नेपालको जोखिम विदेशमा लाने क्रममा विदेशी पुनर्बीमा कम्पनीहरुले समेत विभिन्न अफर देखाउँने तथा नेपाली कम्पनीहरुलाई प्रभावित पार्ने प्रयास गर्न थालेका छन् । बीमा क्षेत्रका विभिन्न गतिविधिलाई निकै नजिकबाट नियाली रहेका यस क्षेत्रमा कतिपय व्यक्तीहरुले ठूल्ठूला अफरहरु आउँदा सीईओहरुलाई समेत जोगिन हम्मे हम्मे पर्ने गरेको सुनाए । उनीहरुले यस विषयमा समेत नेपाल बीमा प्राधिकरणले दह्रो नियामकको रुपमा खोजी र चासो देखाई निष्पक्ष छानविन गरेमा धेरै तथ्यहरु फेला पर्ने स्रोत बताउँछ।
अस्वस्थ प्रतिस्पर्धाको होडबाजीमा जोडिदै विदेशी पुनर्बीमा कम्पनीहरु
नेपालमा मात्रै अस्वस्थ प्रतिस्पर्धा देखिएको हो कि ? भन्ने किसीमका सवालहरु बेला बेलामा उब्जिने गर्छ । एक त शैक्षिक स्तरमा जनताको पहुँच कम हुनु, जनताहरु गरिबीको रेखामुनी बस्न बाध्य हुनु, बीमा आफैंमा अन्तर्राष्ट्रिय प्रचलन तथा वा प्राविधिक विषय हुनुले पनि यस्ता विषयहरुमा केही हदसम्म नेपालमा मात्रै हाबी भएको हो कि ? भन्ने पनि देखिन्छ । तर, बीमा कम्पनीकै नेत्तृत्व सम्हालीरहेका केही मुख्य नेत्तृत्वकर्ताहरु स्वयमले विदेशी पुनर्बीमा कम्पनीहरुले आफूहरुलाई लोभ्याउँन प्रयास गरेको र सो कुरा गलत भएको बताएका हुन् । उनीहरुले बीमा कम्पनी पनि धेरै वटा भएका कारण कुनै न कुनै कम्पनीलाई उनीहरुले त्यस्तो अफरमा पार्ने सम्भावना पनि प्रवल रहेको पुराना सीईओहरु नै बताउँछन् ।
पुनर्बीमाको अफरबाट बीमा कम्पनी प्रभावित हुँदा के हुन्छ ?
बीमा कम्पनीहरुले आम नागरिक तथा संस्थाहरुको जोखिम बोक्ने हो । उनीहरुले संयुक्त रुपमा धेरै जोखिम धारण गर्छन् भने त्यस्ता जोखिम आफू एक्लैले राख्न सम्भव हुँदैन । सोही कारण बीमा कम्पनीहरुले देश भरिका जोखिम आफूले लिन्छन् र त्यसको फेरी रक्षावरणका लागि स्वदेशी विदेशी पुनर्बीमा कम्पनीहरुलाई जोखिम हस्तान्तरण गर्छन् । अहिले नेपाल बीमा प्राधिकरणले नै बीमा कम्पनीहरुले सकेसम्म स्वदेशमा उठेका बीमाशुल्क विदेशी बीमा कम्पनीहरुलाई हस्तान्तरण नगर्नु भन्ने निर्देशन दिइसकेको अवस्था छ । सोही कारण पनि नेपालबाट धान्न नसकेका जोखिम बाहिर पठाउने भन्ने प्रावधान छ । सोही प्रावधानले विदेशी बीमा कम्पनीहरुलाई पनि बढी लोभ पलाएको हुन सक्ने बुझिएको छ । नेपालबाट आउँने व्यावसाय सिधै आफ्नो हातमा पार्न पनि उनीहरुले बीमा कम्पनीका सीईओ तथा मुख्य नेत्तृत्वकर्ताहरुसँग समझादारीपूर्ण छलफल मात्रै नभई पछिल्लो समय (चर्को बार्गेनिङ) कडा नीति तथा लोभ्याउनेसम्मका अफरहरु सुरु गर्न थालेको खुलेको हो ।
अफर आउँनु एउटा पाटो, स्वीकार नगर्नु महानता हो, निर्जीवन बीमा कम्पनी
सोही विषयमा अफरसम्मको स्थिती निर्माण कसरी हुन पुग्यो ? भन्ने विषय खोतल्दै जाँदा नेपाल बीमा कम्पनीहरुले कुनै पनि पेशा व्यावसायमा अफर आउँदा त्यसलाई कम्पनीको गल्तिको रुपमा मुछ्न नमिल्ने बताएका छन् । उनीहरुले विदेशी होस् वा स्वदेशी कुनै पनि पुनर्बीमा कम्पनीले व्यावसाय राख्नका लागि आफ्नो रणनीति अपनाए पनि त्यसमा सम्बन्धित बीमा कम्पनीले कस्तो व्यवहार गरे ? भन्ने कुरा महत्वपूर्ण हुने बताए । साथै, हालसम्म बीमा कम्पनीहरुले पाउँने रकमलाई पुनर्बीमा स्वयमले सकेसम्म कटौती गर्न सुरु गरेको बेलामा अतिरिक्त अफर चलाएको विषय आफूहरुको जानकारीमा नरहेको स्पष्ट पारेका छन् ।
यद्यपी बीमित तथा शेयरधनीहरुले पाउँने प्रतिफलसम्म पुनर्बीमाले दिने (रिटर्न) रकमको प्रत्यक्ष सम्बन्ध हुने भएको पुनर्बीमाले अफर चलाउने (लोभ्याउने) विषयलाई प्राथमिकताका साथ नियाल्न जरुरी छ ।