

रिलायबल समृद्धि योजना बजारमा, इच्छुकले बैशाख १७ गतेसम्म आईपिओ भर्न मिल्ने




रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना “रिलायबल समृद्धि योजना” बैशाख ३ गते बाट बिक्री खुल्ला भएको छ । सोही कोषको जसको आकार १ अर्ब रुपैयाँ रहेको जनाइएको हो ।
सोही मध्ये ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई अथवा रु ८५ करोड रुपैया बराबरको सार्वजनिक निष्काशन आईपिओ मार्फत विक्री खुल्ला गरिएको छ । यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानीकोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
रिलायबल सामूहिक लगानी कोष को सार्वजनिक निष्काशन मिति २०८२ बैशाख ३ गतेदेखि छिटोमा २०८२ बैशाख ७ गते र ढिलोमा २०८२ बैशाख १७ गते सम्मखुल्ला हुने व्यवस्था गरिएको छ । साथै, इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु १ हजार देखि अधिकतम रु १० करोड सम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैँक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ । कम्पनीले शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको व्यक्त गरेको हो ।