

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीटीओ नायडु, वैध कि अवैध ?




काठमाडौं । बीमा क्षेत्रमा सबैभन्दा पहिलो मर्जरबाट स्थापित हिमालयन एभरेष्ट इन्स्यारेन्स कम्पनीका चिफ टेक्निकल अफिसर (सीटीओ) आर नायडु (रमन) को पदिय मर्यादालाई लिएर उनको वैधता माथि नै अनेकौं टिका टिप्पणी हुन थालेका छन् । बीमा क्षेत्रको लामो अनुभव हाँसिल गरेका उनलाई विषय विज्ञकै रुपमा समेत हेर्न सकिन्छ । तर, उनको विषयलाई लिएर उनी कार्यरत कम्पनीकै कर्मचारीहरुदेखि (रिटायर्ड लाइफ जिईरहेका) अवकाश प्राप्त सीईओहरु समेतले प्रश्न उठाएका हुन् ।
केही दिन अघि एक रिटायर्ड सीईओले हिमालयन एभरेष्ट इन्स्योरेन्सका उनै सीटीओ नायडुको विषयमा बीमा दर्पण डटकमसँग भने,‘हाम्रो इन्डस्ट्रीको हामीलाई सधैँ माया छ । चाहे हामी पदमा हुँदा होस् वा पदबाट बाहिर हुँदा होस् । तर, यहाँ कतिपय अवस्थामा नियामक निकाय नेपाल बीमा प्राधिकरणबाटै केही केही कुरामा व्यक्ती पिच्छे फरक व्यवहार भएको छ वा छैन भन्ने कुरा यहाँहरुले अनुुसन्धान गर्नु होला । अहिले हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीटीओ नायडुको बारेमा हेर्नु भयो भने यहाँहरुले सबैलाई छर्लङ्ग बनाउँन सक्नु हुनेछ । तपाईहरुले पनि सूचना लुकाउने काम नगर्नु होला । जहाँसम्म लाग्छ उहाँ वैध होइन भन्ने हामीले सूचना पाएका छौ ।’
बीमा दर्पण डटकमले सोही सूचनालाई आधार बनाएर हिमालयन एभरेष्ट इन्स्योरेन्समा पनि सोधखोज गर्न पुगेको थियो । सोही क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत बीमा क्षेत्रका एक अनुभवी कर्मचारीले बीमा दर्पण डटकमलाई प्राप्त भएको सूचना साहि साबित भएको र त्यहाँका उच्च ओहोदामा कार्यरत सीटीओ नायडु हालको लागि वैध नरहेको ठहर गरे ।
हिमालयन एभरेष्ट निकट कर्मचारीले भने,‘सीटीओको लागि उहाँको योग्यता पुगेको छ कि छैन त्यो हेर्ने निकायहरु पनि होलान । तर मलाई जहाँसम्म थाहाँ छ उहाँको त्यसका लागि योग्यता पुगेको छैन । उहाँले बीमा क्षेत्रमा काम गर्नु भएको करिब २५ वर्षभन्दा बढी भइसकेको छ । अनुभवको हिसाबमा उहाँ निकै अनुभवि हुनुहुन्छ भने उमेरको हिसाबले हाल ७६ वर्ष जति लाग्नु भयो होला । कुनै पनि प्राविधिक विषय उहाँले पढ्न भएको हाम्रो जानकारीमा छैन भने जमानाको एसएलसी गर्नु भएको हो । जेष्ठताको आधारमा उहाँलाई गर्ने सम्मान छदै छ तर नियामक निकायले यस्तो कुरामा हेर्नुपर्छ भन्ने हो । तपाईहरुले हेर्दिनु होला ।’
प्राधिकरण पनि जानकार रहेको आरोप
हिमालयन एभरेष्टकै एक उच्च कर्मचारीका अनुसार सीटीओ नायडुको पदवली नविकरण (रिन्यू) भएको छैन, सोही कारण उनलाई वैघ मान्न मिल्दैन । स्रोतका अनुसार उनको पद सक्किएको एक महिना नाघिसकेको छ । सो विषयमा नेपाल बीमा प्राधिकरणका समेत जानकार रहेको तर मौन बसेको आरोप स्रोतले लगाएका छन् । उनीहरुले उजूरी परे पनि प्राधिकरणले त्यसलाई खासै वास्ता नगरेको बताएका हो ।
सीईओ निकालेको भन्दै नायडुलाई नचाहिदो दबाब
यता केही समय अघि एक्कासी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह निस्किनुले सीटीओ नायडु माथि दबाब बढेको देखिन्छ । पूर्व सीईओ शाहको विषयमा लघुबीमा, पुनर्बीमा कम्पनीमा मात्र नभई अन्य ठूला साना सबै जीवन तथा निर्जीवन बीमा कम्पनीका सीईओहरुले नै अकस्मात सीईओ बाहिरीनुको कारण रहस्यमय भएको बताइरहेका छन् । ठीक यही समयमा उच्च पदमा रहेका कारण हिमालयन एभरेष्ट इन्स्योरेन्सका पुराना तथा अनुभवी नायडुको समेत कमजोरी खोज्दै उनी माथि समेत पटक पटक नैतिक तथा (प्रोफेसनल) कार्यालयीक दबाब/प्रभाब बढाउन केही पक्ष हाबी भएको बुझिएको छ । उनलाई सीईओ तथा कर्मचारी निकाल्न समेत सक्रिय भुमिका खेलेको आरोप लागि रहेका छन् भने अकारण अनुभवी नायडुलाई समेत बचन लगाउनु पर्ने कुनै ठाउँ भने देखिदैन ।
केही पक्षले भने कुनै व्यक्तीले बीमा उद्योगमा लामो समय काम गरेर, त्यही उद्योगमा नाम, दाम कमाएर, आफ्नो जीवनमा लामो समय देशको सेवामा समर्पित हुन्छ भने उनलाई बीमा क्षेत्रले नमिठा आरोप लगाएर भन्दा पनि आजीवन स्मरण हुने, यूवालाई प्रोत्साहन हुने किसिमका दीर्घपदकहरु व्यवस्था गर्नु पर्ने बताइरहेका छन् । त्यस्ता ठूला पदकहरुको चलन नेपाली बीमा क्षेत्रले खासै अभ्यास गर्ने गरेको छैन। ठूला पदका कार्यकारीहरु निस्किदा हुलमुलमा अन्य साना पदका कर्मचारीहरुसँग मिसावट गरेर बिदाई गरेको भन्दै कतिपय अवस्थामामा लामो समय काम गरेका कर्मचारीहरुले समेत नियामकलाई नै खल्लो दृष्टि/भावका साथ हेर्ने गरेको पाइन्छ ।
बीमा क्षेत्रमा लामो समय बिताएका पूर्व सीईओ तथा सम्बन्धित कम्पनीकै बहालबाला कर्मचारीहरुको भित्री सूचना अनुसार बीमा दर्पण डटकमले यो सूचना संम्प्रेषण गरेको छ । यसबाट नियामक निकाय, सम्बन्धित कम्पनी (हिमालयन एभरेष्ट इन्स्योरेन्स संचालक समिति), मुख्य पात्र सीटीओ नायडुले कहिकतैबाट कमजोरी स्विकार गर्छन् भने तुरुन्तै (एक्सन) सुधारात्मक कार्यान्वयन तर्फ जानुपर्ने देखिन्छ ।
समाचार स्रोतले भन्यो,‘तपाईहरुले सूचना होल्ड गर्ने वा लुकाउने काम नगर्नु होला । आलोचनात्मक रुपमा (क्रिटिकल एनालाइसीस) गर्न नै मिडीया चाहिने हो । कुनै सीईओले समाचार लेख्ने होइन । समाचार लेख्ने लाइसेन्स पाएका तपाईहरुले आँखै अगाडीका यति समाचार लेख्ने हिम्मत पनि गर्नु होला ।’
नायडुको वैधता परिक्षण माथि थप अनुसन्धान (रिसर्च) भइरहेका छन् । यसक्रममा उनले आवश्यक मानेमा नायडु स्वयमलाई समेत स्पष्टिकरणको मौका दिइनेछ । स्रोतले यस्तै समस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा मात्र नभई दोस्रो इन्स्योरेन्स कम्पनीमा पनि देखिएको दाबी गर्दै आएका छन् ।