

एलआइसी नेपालले सम्पन्न गर्यो २३औं साधारण सभा




काठमाडौं । भारत सरकारको समेत लगानी रहेको एक पुरानो एवम् सबल जीवन बीमक लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल एलआईसीले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सो सभा सभा विगतका वर्षहरुमा जस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा सम्पन्न गरेको हो ।
जीवन बीमा कम्पनको सोही सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको अवस्थामा सभाले बोनस शेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गरेको जनाइएको छ।
साथै, साधारण सभामा एलआईसी नेपालका कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रणय कुमारले एलआई नेपालको सूचकहरु सबल रहेकोमा प्रकाश पारे । आगामी दिनमा बीमितहरुाके हक हितमा कम्पनीले थप नयाँ रणनीति ल्याउँदै बजार मैत्री प्रोडक्टहरु जारी गर्ने उनको भनाई रहेको थियो ।