

विन नेपाल लघुवित्तको एफपिओ भर्ने अन्तिम दिन आज




काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) भर्ने अन्तिम दिन आज चैत २६ गते रहेको छ । कम्पनीले चैत २१ गतेबाट एफपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।
लघुवित्तले प्रतिशेयर १ सय रुपैयाँमा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्कासन गरेको छ ।
यसमा लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा १ हजार कित्ताको माग गर्दै आवेदन दिन पाउनेछन् । यो एफपिओ जम्मा ५ हजार १२९ जनालाई मात्रै १०–१० कित्ता पर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।