

राष्ट्र बैंकको पहिलो कामु गभर्नर बनिन ढुंगाना




काठमाडौं । सोमबार अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना (तिम्सिना) लाई कायम मुकायम गभर्नरको जिम्मेवारी सुम्पिएको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी सम्मिएका हुन्।
यससँगै ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो कायम मुकाम गभर्नर बनेकी हुन् ।