
नेत्र ज्योती गुमाएकालाई वित्तीय सक्षमताको प्रकाश छर्दै कामना सेवा विकास बैंक



कामना सेवा विकास बैंकको स्वाभिमान बचत खाता, दृष्टिविहीन स्वयमले खाता खोल्न सक्ने
काठमाडौं । कसलाई रहर हुन्छ र ? आफ्नो आँखा नदेखियोस्, हात खुट्टा नचलोस्, भएको रोजगारी गुमोस्, रोग व्याधले ह्वात्तै छोओस् । तर, दैवको नियती कसले पो जानेको छ र ? जो सुकैलाई कुनै पनि बेलामा जस्तो सुकै घटना घट्न सक्छ । यो ध्रुवसत्य नै हो भने कतिपय यस्ता भवितव्यहरुलाई टार्ने प्रयास गरेर पनि रोक्न सकिन्न । त्यस्ता भवितव्यपछिको जीवनका बारेमा हामी कोही कसैले कल्पना गरेका हुँदैनौ । तर, आफ्नो हात खुट्टा सग्लो हुँदा कोही कसैले सोच्यो या भनौ (केही योजना बनायो) भने त्यसले समस्यामा परेका अधिकांशहरुलाई सहजिकरण गर्ने चाही पक्का छ । जहाँ राज्यको फितलो नीति र प्रकृयागत झन्झट भन्दा पनि कामलाई छिटो छरितो ढंगले व्यवस्थित र मर्यादित बनाउँने कुरा नै अघि आउँछ ।
पछिल्लो समय विगतको तुलनामा वित्तीय सारक्षरता केही हदसम्म भए पनि बढेकै छन् । त्यसका लागी हामीले तथ्यांक तथा व्यवहारीक रुपमा नै केही उदाहरणहरु पाउँन सक्छौं । ठिक यस्तै बेलामा कतिपय बैक वित्तहरुले संघालेका अनुभव, नागरिक समक्ष पुर्याएका योगदान तथा उनीहरुले संचालन गरेका नयाँ नयाँ योजनाहरु पनि यसको उदाहरण बनेको देखिन्छ ।
आज हामीले नेपाली बैंक वित्तीय क्षेत्रमा दृष्टि बिहीनहरुले समेत सिधैं खाता खोल्ने योजनाका बारेमा चर्चा गर्दैछौं । हुन त त्यस्तो योजना हालसालै आएको तातात्तो योजना भने होइन । तर, कुनै बैंकले ४,५ वर्ष पहिला सुरु गरेको (कोरेको) दृष्टिबिहीनलाई बैंकको पहुँचमा ल्याउँने योजना ( गोरेटो) आफैमा प्रसंशनीय देखिन्छ ।
त्यस्तो योजना कामना सेवा विकास बैंकले हाल संचालन गरि रहेको स्वाभिमान बचत खाता हो । सो योजनामा पछिल्लो समय करिब साढे २ सय जना दृष्टि विहीनहरुले खाता खोल्न इच्छुक देखिएका छन् ।
उक्त योजनाको फाइदाहरु
एक पटक मात्रै हामीले कल्पना गरौ कसैले दुवै आँखा देख्दैनन् भने त्यस्ता व्यक्तीलाई कुनै पनि क्षेत्रले दिनु पर्ने सेवा सुविधा कति होला । सायद त्यसको बारेमा विश्लेषण, व्याख्या गर्न छुट्टै समय र खोजी चाहिने देखिन्छ भने उनीहरुलाई राज्यबाट प्रदान गर्नु पर्ने कतिपय आधारभूत आवश्यकताहरुको भने चाङ लाग्न सक्छ । तर, आज हामीले त्यस्ता अन्य कुनै पनि विषयको टिप्पणी गर्न खोजेको होइन । हामीले मात्रै बैंकमा दृष्टि विहीन कसरी जोडिन्छन् र उनीहरुलाई व्यक्तीगत रुपमा पुग्ने फाइदाका बारेमा केही चर्चा गर्दैछौं ।
सर्वप्रथम, कुनै पनि व्यक्ती दृष्टि बिहीन भएको बेलामा परिक्षामा समेत सहयोगी (लेखक) को व्यवस्था गरिने चलन छ । तर, बैंक आफैमा यस्तो ठाउँ हो जहाँ तपाईको सम्पत्तीको एक लेभलसम्म शुद्धिकरण गरिन्छ भने अर्को कुरा भनेको तपाईलाई गोपनियता अपनाउँदै ढुक्कसँग बैकमा जो कोहीले कारोबार गर्न सक्छन् । भनाईको मतलब तपाईसँग मानौ अथाह पैसा होला तर त्यसको बारेमा बैंकले कसैलाई जानकारी दिएमा ग्राहक माथि सुरक्षा खतरा बढ्ने भयो । अर्को कुरा भनेको बैंकमा रकम राख्ने व्यक्तीले आँखा देख्न नसक्लान त्यो एउटा पाटो भयो तर त्यस्तो अवस्थामा पनि उनीहरुको कारोबारलाई गोप्य राख्न सकियोस भन्ने बैंकको उदेश्य देखिन्छ ।
हाल कुनै पनि बैंकमा खाता खोल्न जाँदा दृष्टि विहीनहरुको अरुको साहारा लिनुपर्छ । तर, कामना सेवा विकास बैंकमा खाता खोल्न जाँदा दृष्टि विहीनहरुले आफै लाइनमा उभिएर सबै प्रकृया आफैले पूरा गरेर खाता खोलको पाइन्छ ।
दोस्रो कुरा भनेको बैंकले दृष्टि विहीनहरुका लागि उपयोगी हुने ब्रेन लिपीको प्रयोग गरेको र त्यसबाट धेरै जना दृष्टिविहीनहरु लाभान्वित भएको बताइएको छ ।
एटीएममा हेडफोनको सुविधा
यता कामना सेवा विकास बैंकले दृष्टिविहीन नागरिकहरुलाई लक्षित गर्दै एटीएममा समेत अडियो प्रविधिबाट आफन ग्राहकहरुले सूचना लिने व्यवस्था गरेको छ । त्यस्तो गर्नाले आफने खातामा रहेको रकमको जानकारी लिन, आफूलाई चाहेको रकम हात पार्न ग्राहकहरुले मज्जाले सक्ने बैंकले विश्वास लिदै आएको छ । सो खातामा जेरो व्यालेन्समा नै खाता खोल्न सकिने सुविधा रहेकने पनि बैंक स्रोतले जनाएको हो ।


