


राष्ट्र बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भयो : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट बिदा हुन लागेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । शुक्रबार आफ्नो ५ वर्षे कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनको आयोजना गरेर कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
पाँच वर्षको कार्यकालमा अर्थतन्त्रका जटिल अवस्थाहरुको सामना गर्नु परेको र त्यसलाई सफलतापूर्वक सामना गरेको उनको भनाइ थियो । कोभिड पछिको आर्थिक शिथिलताको समयमा आफूले अर्थतन्त्र जोगाउनका लागि सजगतापूर्वक काम गरेको उनको दाबी थियो ।
उनले आफ्नो कार्यकालमा सबैको सहयोगले गर्दा अवस्थालाई नियन्त्रणमा राख्न सकिएको बताए ।