
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब तान्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । उक्त रकमको साँवा र ब्याज भुक्तानी वैशाख १० गते हुने बताइएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने वा सम्पूर्ण रकम बोल गर्न सक्नेछन् ।

