


एक पिडीतको आर्तनाद ध्वनी : बीमा गरेको २६ वर्षसम्म पनि भुक्तानी पाइएन



काठमाडौं । बीमा कम्पनीहरुमा बीमा किन गरिन्छ ? यसको जवाफ सहज र सटिक हुनसक्छ दाबी–भुक्तानी पाउँन । तर, यसलाई गहिरीएर हेर्ने हो भने नेपाली बीमा कम्पनीले गरेका केही व्यवहार र नेपाली बीमितहरुको सन्तुष्टीलाई मापन गर्ने सानो मात्र (प्यारामिटर) मापदण्ड राख्ने हो भने जो कोहीको आँखा रसाउँन सक्छ । यो तीतो यर्थाथ हो । कुनै बीमा कम्पनीहरुले प्रायोजन नगरेको कारण सूचना बाहिरीएको भन्ने केही पक्षहरुलाई बीमा दर्पण डटकम उदाहरण समेत साबित हुनसक्छ ।
शनिबारको दिन बीमा दर्पण डटकम प्रतिनिधिको अकस्मात एक जना यस्ता व्यक्तीसँग जम्काभेट हुन पुग्यो, जस्ले २६ वर्ष अघि सवारी दुर्घटनामा आफ्नो एउटा खुट्टा त गुमाए, सँगसँगै बीमा कम्पनीहरु प्रति कायम रहेको झिनो विश्वास समेत गुमाउँन पुगे । कारण, जीवनमा कहिले केही भवितव्य पर्ला भनेर बीमा गराएका बीमितले जीवन बीमा कम्पनी प्रति आफूले प्रिमियम त तिरे, तिरे तर बीमा कम्पनीहरुले दिने भनेको भुक्तानीको लागि पटक पटक आशा मार्दै र जगाउँदै झिनो (एक टुक्रा) आशा पालेर बाँचिरहे । भुक्तानी कहिल्यै पनि आएन ।
बीमा दर्पण डटकम मिरोर : अफ इन्स्योरेन्स
कम्पनीको कमजोरी : कि त भुक्तानी देउ, होइन भने भुक्तानी रोकिएको बारेमा जानकारी देउ
एक जना व्यक्तीले बीमा गर्दा कम्पनीले बीमाशुल्क पायो । साथमा एकजना बीमितको विश्वास समेत कमायो । तर, जब बिमितलाई जीन्दगीले अनायासै दुखको भूमरीमा दपेट्यो, त्यति बेलामा आफ्नो टेक्ने सग्लो खुट्टाले त साथ छोड्यो, छोड्यो, उनलाई आफूले भरोसा गरेर पैसा बुझाएको बीमाले समेत साथ दिएन । यो बुझाई त्यही बीमितको हो जस्ले भरोसा गरेर आफूले दुखजीलो गरेर कमाएको रकम विश्वासका साथ कम्पनीको खातामा हालेका थिए ।
बीमा चेतनाको कमी : झिनो आशा पालेर एक पाउँमा उभिरहे महतो
जब मानिस स्वस्थ हुन्छ उ हिड्छ, दौडन्छ उफ्रन्छ, मैदानमा पसिना काडेर फुटबल समेत खेल्छ । तर, नियतीको चक्र कसलाई के थाहाँ एउटा ठूलो लक्ष्य बोकेर हिडेको जो कोही भए पनि उसको मनलाई समयले यति भारी र थङ्थिलो बनाइदिन्छ, छियाछिया बनाइदिन्छ । कारण उसँग बचेको अलिकति तागत पनि लुछ्नका लागि उसले यसभन्दा अघि कहिल्यै नसोचेका शक्तीहरु यति सक्रिय भएर लाग्छन् कि मानौ आँधिको वेग केही पनि होइन । हो, यस्तै सोचाई कुनै पनि व्यक्तीले त्यति बेलामा पाल्छ जति बेलामा उसलाई समयले नराम्रोसँग ठग्छ, धोका दिन्छ, या भनौं उसको उर्वर समय उसको पक्षमा रतिर पनि रहदैन । यो अवस्था कुनै पनि बीमा गर्ने बीमितलाई होस्, बीमा कम्पनीका उच्च कर्मचारी होस् या नियामक निकायका उच्चहरुलाई जसलाई पनि गर्न सक्छ । तर, ठीक त्यस्तो समयमा बीमाले के कति भूमिका खेल्यो भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । भलै बीमाबाट भुक्तानी पाउँनु पर्ने प्रक्रिया नै पूरा नभएर पैसा नपाएको होस् त्यस्तो अवस्थामा पिडामा परेका बीमितहरुले भ्रममा बाँच्नु पर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।
यस्तो थियो घट्ना
बारा जिल्लाको विश्व प्रसिद्ध धार्मिक स्थाल गढीमाईको समिपमा पर्ने कलैया, देउतालका नागरिक हुन् सिकन्दर महतो (अंकन) । विगत लामो समयदेखि उनको बसाई राजधानिस्थित बसुन्धारामा रहेको उनले सुनाए । सामान्य ठेक्का पट्टा र घरजग्गा व्यावसायमा उनको (इन्ट्रेस्ट) सौख बस्न पुग्यो । आफ्नो युवा अवस्थामा बसेको सौख अनुसार उनले सोही व्यवसायमा आवद्ध भएका काम गर्न थाले । एकदिन नियतीको चक्र नराम्रोसँग बजारीएर उनकै थाप्लोमा टक्क अड्डीयो, मतलब उनले अनाहकमा बाँया खुट्टा गुमाउँनु पर्यो । त्यो पनि मोटरसाईकल दुर्घटनामा परेर ।
यता नेपाली बीमा कम्पनीहरुको नियामक निकाय (तत्कालिन बीमा समिति) र बीमित महतोको जन्म साल ठ्यक्कै मिल्दो जुल्दो देखिन्छ । मतलब जो बीमा प्राधिरणसँगै जन्मिए उनले आजसम्म पनि बीमाको बारेमा राखेको बुझाईलाई व्याख्या गर्न पंक्तीकारसँग शब्द छैन या भनौ हम्मे हम्मे पर्छ । बीमाको वास्तविकताको बारेमा उनी प्रतिनिधि पात्र मात्र हुन्, ढुक्क हुनुस् धेरै जना मठ्ठै छन् ।
मित्र पार्कको पेट्रोल पम्प अगाडी भएको थियो दुर्घटना
महतोले आफ्नो जीवनको कालो दिन स्मरण गर्दै सुनाए,‘म आफ्नो साइडमा थिए, एउटा बसले पछाडीबाट आएर नराम्रोसँग ठक्कर दियो । प्रहरीबाट बनाएको उजूरीमा पनि मेरो सन्तुष्टी छैन । आजसम्म मैले मिलापत्र पनि गरिन ।’
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स
खुट्टा काटन् ८,१० पटक पटना
बसले टुक्राएको खुट्टा मिलाउँन महतोले करिब ८,१० पटक भारतको पटना अस्पताल धाउनु परेको र आफ्नो मोटो रकम समेत खर्च भएको सुनाए ।
सोही क्रममा उनलाई सोधियो, बीमा गर्नु भएको थिएन ?
महतोले आफ्नो कालो दिन सम्झदै यता नेपाली बीमा कम्पनीको पनि नियती जोड्न भ्याए । उनले भावुक हुँदै भने बीमा कम्पनीले भुक्तानी नदिने भए मैले एक किस्ता पनि पैसा बुझाउँदिन थिए, भन्न भ्याए ।
उनलाई बीमाको प्रकृति (किसिम) को बारेमा सोध्दा यतिका वर्षमा कागज धमिराले खाइसक्यो भन्ने भाव व्यक्त गरेका छन् । उनलाई अब सिधैं कम्पनीले फेबर छातीमा हात राखेर भुक्तानी दिनुपर्ने उनको भनाई छ । यसले पनि विगतका नेपाली बीमा कम्पनीहरुले गरेको बीमित माथिको रजाई र थोरै कम्पनी हुँदाका मनोपोली मनलाग्दी सम्मको एक झल्को वा संकेत दिएको हो कि भन्ने भान हुन्छ ।
यद्यपी उनले गरेको बीमा किसिम कस्तो थियो ? (जीवन बीमा, निर्जीवन बीमा, स्वास्थ बीमा, घातक रोगको बीमा वा दुर्घटना बीमा) भन्ने विषयमा उनी पूर्ण रुपमा जानकार रहेका छैनन् । मुख्य विषय यो चाही अचम्मको देखियो कि, उनलाई भुक्तानी दिनुपर्ने भए बीमा कम्पनीले किन बीमा गरे बापत उनले पाउनु पर्ने रकम दिएन । अर्को भनेको उनले भुक्तानी नपाउँनै रहेछन् भने पनि त्यसको स्पष्ट कारणको बारेमा उनलाई किन जानकारी दिलाउँन सकेन । के बीमा जागरण अभियान र बीमा चेतना भनेको त्यही हो ? यस बिचमा तत्कालिन बीमा समिति, नेपाल बीमा प्राधिकरणमा नियुक्त भइसकेको छ । प्राधिकरणले धेरै किसिमका अनुहार र विचार बोकेका अध्यक्षदेखि कम्पनीका सीईओहरुलाई नियुक्ती दिइसकेको छ । तर, सामान्य रुपमा एउटा चिया पसलमा एक कप चिया खाँदा भेटिएका नागरिको दर्दनाक बीमा प्रतिको बुझाँई, उनले पालेका बीमा प्रतिका आशा भरोसा्, विश्वास एवम् कटु सत्यदेखि स्थापित गराइका विभिन्न भ्रममा बीमा प्राधिकरणले के जवाफ देला ।
बीमाका नयाँ व्यवस्था बीमितलाई हाउगुजी
अहिले नयाँ बीमा ऐन आएको छ , बीमा कम्पनीहरुको लगानी चुक्ता पुँजी बढाइएको छ, नयाँ बीमा कम्पनीहरु ठूला बीमा कम्पनीहरुदेखि साना बीमा लागि माइक्रो इन्स्योरेन्स स्थापित गरिएको छ । सो विषय सुनाउँदा २७ वर्ष पुराना बीमित महतो अचम्ममा परे । मानौ, उनलाई यी केही पनि थाहाँ छैन या भनौ त्यसको उनलाई खासै महत्व छैन । तर, एउटा कुरा उनलाई राम्रोसँग थाँहा छ, उनको मनमा कहिल्यै पनि बाहिर ननिस्किने गरी बिझेर, भित्र गडेर बसेको, बीमाले पैसा देला त ? तर, दिएन भने पनि किन दिएन ? उनलाई झिनो आश छ खुट्टा गुमेको छ, बीमा गरिएको छ, पैसा पाएको छैन । अब यो बीचमा बीमा अभिकर्ता, एमडीआरटी, सीओटी, टीओटीले बीमाको गम्भिरयता र बीमालाई बुझ्ने र भद्धा किसिमका बीमाका जार्गन, टर्मिनोलोजी बीमाका प्राविधिक शब्दहरुलाई थप सहज र सरल बनाउँन सम्बन्धित निकायले सकारात्मक र गम्भिर रुपमा यस विषयलाई दिने हो कि ?
यही होइन भने महतो जस्ता हजारौ बीमितहरुलाई ठूलो (कन्फ्युन क्रियट) अनावश्यक भ्रम सिर्जना भइरहने छ , बीमाले पैसा दिएन कि, मैले बीमा गरेर गल्ती गरे भन्ने ? सायद, अब महतो जस्ता २७ वर्ष अघि नेपाली बीमा कम्पनीलाई विश्वास गरेर अनेकौ नेपाली बीमा कम्पनीहरुको नयाँ लाइसेन्स प्राप्ति र जन्म हुनु अघि आफ्नो हृदयदेखि नै बीमा कम्पनीलाई विश्वास अर्पण गरेर बीमितहरुले आगामी पुस्तालाई बीमा बारेमा के सन्देश देलान् ?
यस विषयलाई सम्बन्धित कम्पनी र नियामक निकायले गम्भिरतापूर्वक लिने हो भने सरेण्डर (बीमा गराएपछि अवधि नपुगी आफ्नो बीमालेख फिर्ता) लिनेहरुको संख्यामा पनि केही कमी आउँने देखिन्छ ।
(सो विषयमा भुक्तानीमा हुने आलटाँल, र बीमितले नपाउँने भुक्तानीमा जीवनभर आशा पालेर बस्ने वा बीमा प्रति ठूलो तुष वा वैमनश्यता पाल्नु पर्ने दुखद अवस्थाको बोमा यता नेपाल बीमा प्राधिकरणका उच्च कर्मचारीहरुलाई समेत इन्क्वाइरी सोधखोज गरीएको छ ।)
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स