
बैंकिङ कसुरमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । उनलाई प्रहरीले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेका छन् ।

