
बुधबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्दै



काठमाडौं । विगत केही समय यता पटक पटक बैंकहरुबाट अर्बो रुपैयाँ रकम खिच्दै आएको नेपाल राष्ट्र बैंकले आज पनि त्यस्तै रकम प्रशोचन गर्ने भएको छ । बुधबार राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको हो ।
बढ्दो तरलताको चाँप बैंकहरुले फेस गरि रहेको बेलामा त्यस्तो अवस्था नियन्त्रणका लागि सो रकम निकालिने गरेको छ ।
यता, राष्ट्र बैंकले आज २१ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको हो । उक्त रकमको साँवा तथा ब्याज बैंकहरुले वैशाख ३ गते फिर्ता पाउनेछन् भने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले बताएको छ।
साथै, बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ भन्दै सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने नेपाल राष्ट्र बैंकले जनाएको हो।

