

नेप्से परिसूचक १४ अंकले घट्यो




काठमाडौं । सातामा सेयर कारोबारको चौथों दिन नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको छ। मंगलबार समेत घटेको बजार आज १४ दशमलव ८८ अंकले घटेको भएको हो ।
नेप्से परिसूचकका अनुसार कारोबार बन्द हुँदा परिसूचक २६८२ दशमलव १५ विन्दुमा पुगेको छ भने सेयर बजारमा ५३ कम्पनीको सेयर मूल्य मात्रै बढेको देखिन्छ । हाल २ सय ८३ कम्पनीको सेयर मूल्य भने घटेको बेलामा ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
साथै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९६ अंकले घटेर ४४९ दशमलव ९२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० उपसूचकको सेयर मूल्य बढको छ भने ३ वटाको घटेको हो ।
नेप्से परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोड बढीको कारोबार भएको बजारमा आज ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ । यता,सेयर बजारमा ३११ कम्पनीका ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५४ हजार ६२२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो।