

बीमा क्षेत्रमा मर्जरपछिको तरंग : अकारण अनुभवी सीईओहरुको जागिर चट




काठमाडौं । नेपाली बीमा क्षेत्रमा ठूला (बीमक) जीवन/निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुकै पद धरापमा पर्न थालेको छ । कम्पनीको मुख्य नेत्तृत्वकर्ता सीईओहरुको पद नै धरापमा पर्न थालेको हो ।
आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुँयाल
आईतबार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ कवि फुँयाल बाहिरीएको खबरले बजार ततायो । उनी बाहिरीएको खबरले बीमा बजार लगायत समग्र अर्थ बजार तथा शेयर बजार निकटहरुमा समेत ठूलो प्रभाव पार्यो । नेपालको ठूलो घरानासंग निकट मानिएका र संचालक समितिद्धारा रुचाइएका भए पनि सीईओ फूँयालको बहिर्गमन निकै नमिठो देखिन्छ । नमिठो यस कारण पनि बनेको छ कि उनको कार्यकाल गत साउन २८ गतेबाट मात्रै दोहोरीएको (रिन्यू) भएको थियो । सो रिन्यू नेपाल बीमा प्राधिकरणबाटै सदर भएको हो । बीमा प्राधिकरण आफैमा नेपाली बीमा क्षेत्रहरुको अर्धन्यायिक निकाय, मुख्य नियमनकारी निकाय (हेड अफिस) समेत हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सका पूर्व सीईओ विजय बहादुर शाह
त्यस्तै, यसभन्दा अघि बीमा क्षेत्रका पुराना तथा अनुभवि सीईओ विजय बहादुर शाह हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट अप्रत्यासित रुपमा बाहिरीनु पर्यो । विभिन्न कम्पनीहरुमा लामो समय काम गरेर बीमा विज्ञकै रुपमा आफूलाई स्थापित गर्न सफल उनी पुरानो चाटर्ड एकाउन्टेण्ट (सी.ए.) समेत हुन् । अब्बल सीईओ र राम्रो सेवा सुविधा थापेकै कारण चर्चामा रहन सफल उनले एकताका तत्कालिन (बीमा समिति) हालको नेपाल बीमा प्राधिकरणकै अध्यक्ष बन्न समेत जोडबल गरेका थिए । यद्यपी उनको दौडधुप नियामक निकायमा जोडिन तत्कालिन समयमा केही अनुकूल देखिएन या भनौ कहिकतै तालमेल मिलेन । तर, उनै शाहले बीमा क्षेत्रको फस्र्ट मर्जर तत्कालिन हिमालयन जनरल इन्स्योरेन्स र तत्कालिन एभरेष्ट इन्स्योरेन्स मर्जर भएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नेत्तृत्व सम्हालेका थिए । गएको भन्दा अघिल्लो आर्थिक वर्ष (वि.स. २०७९ साल साउन १) मा हिमालयन एभरेष्टको सीईओ बनेका शाह एक्कासी वि.स. २०८१ साल असार १३ गते पदबाट बाहिरीएका थिए । यद्यपी उनको दुई वर्षे कार्यकाल स्वत बाँकी थियो भने यता नयाँ बीमा ऐनले मर्जर अघिका सीईओहरुलाई समेत अर्को दुई कार्यकाल सहजै खान मिल्ने बाटो खुलाइसकेको अवस्था छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पूर्व सीईओ रमेश कुमार भट्टराई
साथै, नेपाली बीमा क्षेत्रका पहिलो सीईओको रुपमा आफूलाई स्थापित गर्न सफल सीईओ हुन्-प्रभु महालक्ष्मी लाइफका पूर्व सीईओ रमेश कुमार भट्टराई । बीमा क्षेत्रका पुराना र मिहीनेती सीईओका रुपमा आफ्नो छवि स्थापित गरेका उनले ठूलो बीमा कम्पनीको नेत्तृत्व हात पारे पनि मर्जरपछि बाहिरीने सीईओको रुपमा सबैलाई उछिने । एक त लामो समयको छलफलपछि मात्रै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जर सम्झौता सम्पन्न भएको थियो भने त्यसमा पनि अन्य बीमा कम्पनीहरुमा समेत कर्मचारीहरुको (वोर्किङ कल्चक) काम गर्ने शैलीमा भिन्नता देखिएको र त्यसलाई मिलाउनु पर्ने विषयहरु चलिरहदा एक्कासी सीईओ भट्टराई नै पदबाट बाहिरीएका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओका रुपमा वि.स.२०८० साल असार २४ गते आफ्नो कार्यकाल सम्हालेका भट्टराई (वि.स.२०८०) गत साल माघ ११ गतेबाटै बाहिरीएका हुन् ।
सीईओको योजना परिक्षण गर्नभन्दा हटाउन हतार
नेपाली बीमा क्षेत्रले बीमा कम्पनीहरुलाई धमाधम मर्जरमा लगेर उनीहरु एउटा बाटो (ट्र्याक) मा लाने गुरु योजना आफैमा पूरा भइसकेको छैन । भर्खर मर्जरपछि बीमा कम्पनीहरु नयाँ रणनीतिका साथ बामे सर्दै गर्दा अकारण अनुभवी सीईओहरु अप्रत्यासित रुपमा पदबाट बाहिरीएका खबरहरु एकपछि अर्को गरेर आउँन थालेका छन् । कुनै पनि कम्पनीको मुख्य नेत्तृत्वकर्ता भएकै नाताले सीईओहरुले आफ्नो कार्यकालमा कम्पनीलाई कहाँसम्म डोर्याउने वा हाँक्ने ? भन्ने मार्गदर्शन (इयर्ली प्लान) अनिवार्य बुझाउँनु पर्छ । त्यसरी आफ्नो योजना बीमा कम्पनीको संचालक समिति र बीमा प्राधिकरणले सदर गरेपछि मात्रै कुनै पनि व्यक्तीले सीईओ बन्ने मौका पाउँछन् । तर, नेपाली बीमा क्षेत्रमा अहिले यस्तो अवस्था पनि सिर्जना भएको छ जहाँ एक त सीईओहरुले आफ्नो योजना कार्यन्वयनमा लग्दै गर्दा उनीहरुको योजना कहाँ असफल भयो वा के कारणले पद नै धरापमा पर्यो ? भन्ने संकेत बिना नै उनीहरु बाहिरीनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । यसले पदबाट कसको बहिर्गमन भयो भन्ने मात्र भन्दा पनि हाल कम्पनीको मुख्य नेत्तृत्वको बागडोर सम्हाली रहेका सीईओहरुको पनि हालत कतै त्यस्तै त हुने होइन भन्ने आशंका पनि बढ्न थालेको छ ।
मर्जरपछि कसैको खाईपाई आएको सुविधा नघटाउने प्राधिकरण
बीमा प्राधिकरणले (बीमक) बीमा कम्पनीहरुका कर्मचारीहरुले खाईपाई आएको सुविधा कुनै पनि हालतमा नघटने बताए पनि वास्तविकता भने केही फरक देखिएको छ । बीमा कम्पनीहरु मर्जरमा जानु अघि कुनै पनि कम्पनीका कर्मचारीहरुले पाएको सुविधालाई जोगाउने पक्षमा बीमा प्राधिकरण नै स्वयम उभिदै आएको थियो । अहिले कम्पनीको मुख्य अभिभावक सीईओहरुको नै जागिर जान थालेको छ । एकपछि अर्को सीईओको जागिर जानुले बीमा क्षेत्रमा नयाँ ट्रायल (परिक्षणकालिन) रुपमा भर्ती गरिएका व्यक्ती नभई पुराना तथा अनुभविहरुले नै आफ्नो नयाँ बाटो रोज्नु पनि चर्चाको विषय बनेको छ । यद्यपी केही कम्पनी मर्जरमा जाने समयमा दुई कम्पनीहरुले एकातर्फ सीईओ र अर्कातर्फ अध्यक्ष रोज्ने क्रममा कतिय सीईओहरुले राजीखुशी बाहिरीनु भने अर्थपूर्व देखिन्छ । तर, (पिक आवर) कम्पनीको व्यावसायीक वृद्धिले उचाई चुम्ने बेलामा सीईओहरुकै जागिर खटपट हुनुले धेरै सरोकारवालाईहरु झस्काएको छ ।