
थापाथलि इन्जिनियरिङ्ग क्याम्पसको स्ववियु अध्यक्षमा खड्का,सदस्यका उत्सव अधिकारीले पाए लोकप्रिय मत



काठमाडौं। अहिले देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको रौनक छाएको अवस्था छ । चुनावकै मौका छोपेर विभिन्न विद्यालयमा नाँचगान, विभिन्न एजेण्डा प्रस्तुतीदेखि तलाबन्दीसम्मका घटनाहरु पनि घटिरहेका छन् । ठीक यही बेलामा थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा भने शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न भएको जनाइएको हो ।
आज सम्पन्न स्ववियु चुनावमा नेबि संघका प्रल्हादभक्त खड्काले अध्यक्ष पद हात पारेका छन् । ६ जना अब्बल दाबेदारहरुले उम्मेद्धारी घोषणा गरेर मैदानमा होमिएको बेलामा नव नियुक्त अध्यक्ष खड्काले ५ सय ३७ मत प्राप्त गरेका हुन् ।
उनका प्रत्याशी अनेरास्ववियुका अन्जान पोखरेलले जम्मा ३ सय ४० मत, स्वतन्त्र विद्यार्थी कल्याणकारी समूहका ईश्वर रेग्मीले ३ सय ४ मत, स्वतन्त्रतर्फका शिशिर सापकोटाले २५ मत, नेपाल क्रान्तिकारी विद्यार्थी संघका रोशन मर्हजनले ५ मत, नयाँ शक्ती विद्यार्थी युनियनका श्रीजन अर्यालले ८ मत, अखिल क्रान्तीकारीकी प्रेरणा भण्डारीले ४ सय ७२ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदको भने नतिजा नआई सकेको क्याम्पस स्रोतले जनाएको छ।
यता, सचिव पदमा अखिल क्रान्तिकारीका जेशिस उपाध्यायले ५ सय २ मत पाउँदै विजयी भएका छन् । कोषाध्यक्ष पदमा नेवि संघका ऋषीकेश प्रजापतीले ५ सय १९ मत पाउँदै चुनाव जितेका छन् ।
सदस्य पदका विजयी उत्सव अधिकारीले पाए सबैभन्दा धेरै भोट
यता नेविसंघले ७ सदस्य मध्य ६ जना आफ्नै प्यानलबाट चुनावमा विजयी बनाउँन सफल भएको छ । चुनावभरीमा सबैभन्दा धेरै भोट पाउँदै रौतहट,(फतुवाबिजयपुर ११) हिमालीबासका उत्सव अधिकारी म्यान अफ द इलेक्सन बन्न सफल भएका हुन् । अधिकारीले ६ सय २९ मत प्राप्त गरेका छन् ।
७ सदस्यमध्ये १ सदस्यको सिट भने अनेवास्ववियुले हात पारेको अवस्था छ। प्राप्त जानकारी अनुसार ईलेक्ट्रिक भोटिङ मेसिनमा खसालिएको मत परिणामलाई आधार मान्दा सो नतिजा देखिएको हो ।



