
बैंकिङ प्रणालीबाट आईतबार ४० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । आईतबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बढ्दो तरलता व्यवस्थापनका लागि सो रकम खिच्ने भएको हो ।
यता, २१ दिने निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी चैत २४ गते गरिने बताइएको छ। त्यस्तै। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा तान्न लागेको हो भने यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने सूचना जारी गरिएको छ।
सोही सूचना अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
हाल क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन मिल्ने तथा २१ दिने निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी चैत २४ गते गरिने जनाइएको हो ।

