


नेप्से परिसूचक १७ अंकले बढ्यो



काठमाडौं । बुधबार नेप्से परिसूचक बढ्न पुगेको छ। साताको सेयर कारोबार हुने चौथो दिन परिसूचक १७ दशमलव २८ अंकले बढेर बन्द भएको हो ।
यता, कारोबार बन्द हुँदा परिसूचक २७३६ दशमलव ४८ विन्दुमा पुगेको बेलामा कारोबार भएका कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढ्न पुग्यो । त्यसरी नै ८८ कम्पनीको सेयर मूल्य घटेको अवस्थामा १० कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको देखिन्छ ।
सेयर बजारमा आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५५ अंकले बढेर ४५९ दशमलव ०३ विन्दुमा पुगेको छ भने १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको नेप्से परिसूचकमा देखिन्छ।
मंगलबार ८ अर्ब ३९ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको र केही गिरावट देखिएको हो। आज सेयर बजारमा ३२३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ७९ हजार २३६ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ।
साथै, दोहोरो अंकले सेयर बजार उचालिएको बेलामा एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको र बुधबार विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको देखिन्छ।