


५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट अधिक तरलता प्रशोचन गर्ने भएको छ । हाल जम्मा भएको ५० अर्ब रुपैयाँ बैंकहरुबाट निकाल्ने भएको हो।
पछिल्लो समय तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्ने भन्दै बैंकिङ प्रणालीबाट सो रकम निकाल्ने भएको छ । उक्त रकम आज प्रशोचन गर्ने बेलामाआज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रिय बैंकले जनाएको छ।
साथै, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा पनि १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल हुन राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।