
बैंकको अवस्था सबल छ,सकारात्मकता सम्प्रेषण गर्न भुल्नु भएन : ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी



काठमाडौं । इकोनोमिक मिडीया एसोसियशन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारण सभामा बोल्दै ग्लोब आईएमई बैंकका (सीईओ) सुरेद्र राज रेग्मीले हाल बैंकहरुको अवस्था सबल नै रहेको प्रष्ट पारेका छन् । बेला बेलामा बैंक वित्तीय क्षेत्रहरु नै नकारात्मक धक्का पुग्ने किसिमले हुने गरेका केही टिका टिप्पणी प्रति विशेष चासो देखाउँदै उनले त्यस्तो टिप्पणी भन्दा वास्तविकतमा धेरै सबल पक्षहरु कायम रहेकोमा जोड दिएका हुन् ।
ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी इमानको कार्यम्रकमा शुभकामना दिँदै भने,‘यहाँहरुले आर्थिक क्षेत्र विकासका लागि पुर्याउँदै आउँनु भएको योगदानको पनि म सराहाना गर्न चाहान्छु । आगामी दिनमा पनि त्यसले निरन्तरता पाओस् ।’
शुभकामना दिँदै लगत्तै उनले बैंकलाई बाहिरबाट आँखा नदेख्ने व्यक्तीले हात्ती छामेजस्तो गरी विश्लेषण गरिने विगतका केही कथा र वास्तविकतमा हुने फरक स्वरुपमको बारेमा समेत केही प्रकाश गर्न खोजेको बुझिएको छ । सोही कार्यक्रमका सीईओ रेग्मीले बैंकको वास्तविक अवस्था सहि रहेको बेलामा समेत केही विषयहरु बेला बेलामा उठने गरेको र त्यस्ता विषयको गहिराईमा जाँदा कुनै पनि सत्यता नरहेको भाव व्यक्त गरे ।
सीईओ रेग्मीले थपे,‘बैंक क्षेत्रमा हेर्ने हो भने अहिले त्यति धेरै खराब अवस्था छैन । तपाईहरुले कुनै पनि क्षेत्रको सकारात्मकतालाई पनि सम्प्रेषण गर्न भुल्नु हुन्न ।’
आर्थिक मिडीयाहरुसँग आवद्ध संचालकहरुको संस्था इमानको उदाउदो पाइला र संस्थाका कर्मचारीहरु प्रति पनि उनले हर्ष भाव व्यक्त गर्दै शुभकामना दिए ।
इमान र बैंक वित्तीय संस्थाको सहकार्य दोहोरो रुपमा नै चल्ने भन्दै सीईओ रेग्मीले भने,‘सहकार्यले नै आर्थिक क्षेत्रको विकास हुने हो, हामी आगामी दिनमा पनि आवश्यक ठाउँमा सहकार्य गर्न तयार नै र्छौ । त्यसमा तपाईहरुले संस्था इमानले आँटेको लक्ष्य पूरा गर्न सफलताको शुभकामना ।’
विभिन्न वक्ताहरुका माझ संक्षिप्त मन्तव्य दिन रुचाएका उनले अन्तिमा केही खुल्दै भने,‘अहिले बैंकलाई जोडेर नन पर्फमिङ लोन बढी भयो भन्नेदेखि विभिन्न किसिमका नकारात्मक सूचनाहरु पनि फैलाइएको अवस्था छ । तर, वास्तविकतामा हेर्नु भयो भने बैंकहरुको अवस्था राम्रो रहेको छ । ’
सीईओ रेग्मीले कुनै पनि क्षेत्रले देशमा ठूलो योगदान पुर्याउने भन्दै त्यस्ता क्षेत्रको मुख्य महत्वलाई भुलेर नचाहिदा स–साना टिका टिप्पणीमा कोही पनि लाग्न नहुने भन्दै महत्वपूर्ण सुझाव समेत दिएका छन् ।
सोही कार्यक्रममा नकारात्मकता मात्रै हावी हुँदा नभई सकारात्मक पथबाट अघि बढेका देशहरुले मात्रै विश्वमा राम्रो प्रगती गरेको इतिहास साक्षि रहेको बारेमा समेत चर्चा गरिएको थियो ।

