
सुनको मूल्यले फेरी ब्रेक गर्यो नयाँ रेकर्ड



काठमाडौं । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । पुरानो रेकर्ड ब्रेक गर्दै आज सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
महासंघका अनुसार आज नेपाली बजारमा सुन तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ भने यस अघि नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यस पछि सरकारले १० प्रतिशत कर घटाए पछि केही सस्तो भएको सुनको मूल्य नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको अवस्था थियो ।
यता आज चाँदी भने तोलामा १५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

