
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटलमा छुट पाउँने



काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक र सुर्खेतको वीरेन्द्रनगरस्थित स्टे होटल भ्याली भ्यूबीच ग्राहक र कर्मचारीलाई छुट दिइने भएको छ । सो सम्झौतापछि बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा डेबिड कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेज भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। बैंक कर्मचारीलाई २० प्रतिशत छुट दिइने भएको हो।
सो सम्झौतापत्रमा बैंकका नेपालगन्ज क्लस्टर प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्यूका एमडी तर्कबहादुर शाहीले हस्ताक्षर गरेका थिए भने बैंकले हाल १ सय १२ शाखा र ३० एटिएममार्फत सेवा दिँदै आएको जनाइएको छ।

