
२१ दिनका लागि ३० अर्ब रुपैयाँ खिच्ने तयारीमा राष्ट्र बैंक



काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। हाल बजार देखिएको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले सो रकम खिच्ने भएको हो ।
यता, २१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ३० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले चैत ३ गते फिर्ता पाउने जनाइएको छ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने केन्द्रीय बैंकले बताएको छ।
साथै, बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ भने सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप स्वीकार गर्ने राष्ट्र बैंकले जानकारी दिएको हो ।

