

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरु सुकुटे रिट्रिटमा




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो ।
कम्पनीमा आवद्ध ४ सय जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा ¥याफ्टीङ, आउँदै गरेको होलीको सेलिब्रेसन, भलिबल लगायतका विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको हो।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।