हेरफेर भयो सानिमा रिलायन्स लाइफको शेयर संरचना
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचनामा हेरफर गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कम्पनीको शेयर संरचनामा परिवर्तन भएको हो।
नेप्सेमा सूचीकृत कम्पनीको कुल ४१८४०००० कित्ता शेयर मध्ये परिवर्तित पुँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २१३३८४०० कित्ता ५१ प्रतिशत कायम भएको छ । त्यस्तै, सर्वसाधारणतर्फ भने २०५०१६०० कित्ता ४९ प्रतिशत धितोपत्रको अनुपात हुने गरी संरचना कायम गरिएको कम्पनीले जानकारी दिएको छ।