
विद्यमान समस्याहरु चिरफार गर्न कलम चलाओस् : सानिमा रिलायन्स लाइफका सीईओ पाण्डे



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले बीमा दर्पण डटकमलाई समस्याको समाधान निकाल्नतर्फ जोड दिँदै निडर रुपमा अघि बढ्न शुभकामना दिएका छन् । बीमा तथा बैक, वित्तीय क्षेत्रमा नयाँ उदाउँदो पत्रिकालाई शुरुवाती दिनबाटै अभिकर्ता, बीमितदेखि समग्र उद्योगका समस्याहरुलाई नजिकबाट नियाल्नु भन्दै उनले शुभकामना दिएका हुन् ।
सानिमा रिलायन्स लाइफका सीईओ पाण्डेले बीमा दर्पण डटकमसँग भने,‘बीमा दर्पण नामक नयाँ पोर्टल (पत्रिका) ल्याउँनु भएकोमा म शुभकामना व्यक्त गर्न चाहान्छु । बीमा क्षेत्रका समसामयिक विषयहरुमा तपाईहरुले कलम चलाउनु हुनेछ भन्ने विश्वास लिएको छु । बीमा क्षेत्रमा अभिकर्ताहरुका विषय, (क्लेम) दाबी–भुक्तानीका विषय वस्तुहरु, सुशासनका कुराहरुदेखि लिएर सम्पूर्ण बीमा उद्योगलाई विकास गर्ने र उद्योगका समस्याहरु चिरफार गरेर सहि, सत्य, तथ्य समाचारहरु निडर रुपमा प्रस्तुत गर्न सक्ने हुनुस् । यसको लागि मैले संस्थागत तर्फबाट र व्यक्तीगत तर्फबाट पत्रिकालाई शुभकामना व्यक्त गर्न चाहान्छु ।’
उनले थपे,‘बीमा क्षेत्रमा बीमाले गरेका फाइनान्सियल पाटाहरुमा तपाईहरुको कलम चल्नु पर्छ । बीमासँग सम्बन्धित विविधि विषय वस्तुहरु प्रोफिट एण्ड लस एकाउण्ट, रेभिन्यू एकाउण्ट, सरेण्डरका पाटाहरुलाई यो क्षेत्रका वित्तिय स्टेटमेन्टलाई विश्लेषण, अन्वेषण गरेर सहि र सत्य सूचनाहरु बीमित तथा नागरिक समक्ष पुगोस् भन्ने नै हाम्रो चाहना हो । त्यो चाही वास्तवमा पुगेको अवस्था मैले देख्दिन । फाइनान्सिय सेक्टरको पाटोको हिसाबले हामीले क्यापिटलको एनालाईसिस गर्न सक्छौं, रिक्स वेस्ड सुभरभिजनको एनालाईसिस गर्न सक्छौं, लेन्डीङको तथा लगानीको एसेसमेन्ट गर्न सक्छौं । कुन–कुन क्षेत्रमा लगानी भइरहेको छ, बीमा कम्पनीहरुले गरेका क्षेत्रगत लगानीका कुराहरु हेर्न सक्छौ । बीमा प्राधिकरणले दिएका क्षेत्रहरुमा लगानी भएको छ कि छैन देखि दिएर ओभरअलमा फाइनान्सियल स्टेटमेन्टलाई चिरफार गरेर अबको बाटो (वे फरवार्ड) कसरी अघि जाँदा यो संस्था अघि बढ्न सक्छन् भन्ने एसेस्मेन्ट गर्न जरुरी छ । त्यस्ता आवश्यक र महत्वपूर्ण क्षेत्रमा यहाँहरुको कलम चलोस् भन्ने म चाहान्छु ।’
साथै, सानिमा रिलायन्स लाइफका सीईओ पाण्डेले सहि समाचार लेख्दै जाने पत्रिकाप्रति धेरै जनाको विश्वास रहने र त्यस्तो सहि समाचार लेख्नेलाई उद्योगले पहिचान गर्न समेत कुनै मुस्किल नहुने शुभ भाव व्यक्त गरे ।

