
सोमबार बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको मूल्य बढ्न पुगेको छ । सोमबार सुनको मूल्य तोलामै १२ सय रुपैयाँले बढेको हो ।
साताको पहिलो दिन आइतबार १ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच गरिएको छापावाला सुन दोस्रो दिन १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम हुन पुगेको।
ठीक यही समयमा चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको हो।

