

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि फागुन १० गते अन्तर्वाता हुँदै




काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अध्यक्ष छनोट समितिले आवेदकबाट ५ जनाको नाम छनोट गरेको अवस्था छ । बीमा प्राधिकरणको अध्यक्ष छनोट समितिले आवेदकबाट बीमा प्राधिकरणका नियमन शाखा सम्हालेका कमलप्रसाद रेग्मी, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईं, स्वास्थ्य बीमा बोर्डबाट बाहिरीएका डा. दामोदर बसौला, लगायत रामशरण पुडासैनी र शरद ओझाको नाम चयन गरेको हो ।
उक्त आवेदकबाट ५ जनामा परेकाले छनोट समिति समक्ष फागुन १० गते अन्तर्वार्ता तथा प्रस्तुती हुने छ । छनोट समितिले ५ जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गर्ने छ ।
तीन जनाको नाम अर्थमन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने र तीनजनाबाट एकजनालाई बीमा प्राधिकरणको अध्यक्षमा मन्त्रिपरिषदले नियुक्त गर्ने जनाइएको छ।