

बीमा प्राधिकरणले पायो ४ नयाँ निर्देशक




काठमाडौ । नेपाल बीमा प्राधिकरणले ४ जना नयाँ निर्देशक प्राप्त गरेको छ । उप -निर्देशक पदबाट बढुवा भएका निर्देशकहरु बीमा प्राधिकरणले प्राप्त गरेको हो ।
कार्य क्षमता, जेष्ठता तथा पदिय मर्यादाक्रमका अनुसार नियुक्ती दिइएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । निर्देशकहरुमा साम्बाराज लामिछाने, कुन्दन सापकोटा, निर्मल अधिकारी र ध्रुव तिमल्सीना नियुक्त भएका हुन् ।
आगामी दिनमा हुने कार्यकारी निर्देशक (ईडी) मा समेत सोही पदका दाबेदारहरुले मौका पाउँने छन् । प्राधिकरणले बढुवाकै आधारमा अध्यक्षभन्दा बाहेक इडीसम्मको अवसर आफ्ना निर्देशकहरुलाई दिँदै आएको अवस्था छ । यद्यपी उक्त इडी हुन भने निर्देशकको सफल कार्यवधि पूरा गरिसकेको हुनुपर्ने प्रावधान रहदै आएको छ ।