
हामीआधुनिक शैलीमा छौं कि पुरातनवादी ? खोजीको विषय हुनसक्छ : नेपाल लाइफका सीईओ पराजुली



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले बीमा दर्पण डटकमलाई शुभकामना दिएका छन् । उनले नेपाली बीमा क्षेत्रले आधुनिक रणनीति अपनाउन सफल भएको छ कि पुरातनवादी शैलीमै रमेको छ ? भन्ने कुरा खोजीको विषय हनुसक्ने बताएका हुन् ।
नेपाल लाइफका सीईओ पराजुलीले बीमा दर्पण डटकमसँग भने,‘स्पेशल्ली नबिन जीलाई, पहिलो कुरा त इनिशियसन गर्दै हुनुहुन्छ । र, सेक्टरलाई स्पेशल फोकस गरेर काम गर्न लाग्नु भएको छ । एउटा संस्था (नेपाल लाइफ) को तर्फबाट मात्र नभई सेक्टरको पार्ट बीमा उद्योगको तर्फबाट हेर्ने हो भने आजको दिनमा लिटरेसीको पार्टमा, अवेरनेसको पार्टमा काम गर्नु पर्नेछ। पहिलो कुरा त वित्तीय साक्षरता नै कमी छ भने बीमाको साक्षरता त झनै कमी छ । हामीले बीमाको बजारलाई थप व्यवस्थित, थप मर्यादित बनाउँदै बीमाको पहुँच बढाउनका लागि पनि वित्तीय साक्षरतालाई बीमा साक्षरतामा परिमार्जन गर्न सक्नुपर्छ । यसले बीमाको बजारलाई थप पहुँच बिस्तारमा मद्धत पुर्याउछ । जनचेतना मुलक क्याम्पनेहरु, त्यस्ता किसिमका कन्टेन्टहरु पहिलो पार्ट हो।’
त्यस्तै उनले थपे,‘संस्था भनेको छोटो बाटो होइन लामो भिजन राखेर चल्न सक्नुपर्छ । आफ्नो पहिचान के बनाउँने ? भन्ने कुरा मुख्य हो । बीमा क्षेत्रलाई मुख्य फोकस गरेर हिडीरहनु भएको छ भने त्यसको कोर कन्टेन्टमा पुग्न सक्नुपर्छ । जस्तो कि नयाँ बीमा ऐन आयो । नयाँ सर्कुलर, नयाँ गाइड लाइनहरु आउँछन् । त्यस्ता सर्कुलरले क्षेत्रगत रुपमा पर्ने प्रभावहरु बीमित, शेयरधनी, बीमा कम्पनी, नियामकलाई कस्तो प्रभाव पर्छ या अन्तर्राष्ट्रिय चलन अनुसार हाम्रो अभ्यासमा हामी कता छौं । त्यस्ता कुरामा हामी आधुनिक बनेका छौ कि पुरातनवादी शैलीमै रमेका छौं ? भन्ने जस्ता कुराहरु पनि उजागर गर्नु भयो भने चाही यो क्षेत्रको बारेमा मान्छेहरुले बृहद रुपमा बुझ्ने अवसर पाउँछन् । र, सबैको कन्फिडेन्स एउटा राइट वे ले पनि आउँछ । कुनै पनि संस्थाको स्थायित्व भनेकै प्रोफेसन र इन्स्टिच्चूशनल ग्राउण्डमा रहने हो । त्यसैले संस्थालाई कसरी व्यावसायीक, मयार्दित, पेशागत व्यावसायिकरण र स्टेकहोल्डरहरुलाई समेटेर सेक्टरको उत्थानको लागि मुख्य कामहरु गर्नु होला । पक्कै पनि यो क्षेत्रलाई तपाईको प्याटफर्मले चाही यो कुराहरु मिट गर्दिनु भयो भने तपाईको जस्तो प्याटफमको खाँचो तपाईले सिर्जना गर्ने कन्टेन्टले नै गर्छ ।’
सीईओ पराजुलीले शुभकामना दिने क्रममा नै भने,‘यदी कुनै पनि क्षेत्र सुधारमा तपाईहरुले कलम चलाउनु हुन्छ भने पक्कै पनि त्यहाँ तपाईलाई आवश्यक सहकार्य गर्नेहरु आफ से आफ् जोडिदै जानुहुन्छ भन्ने मलाई लाग्छ । यो सेक्टरलाई सहि रेप्रिजेन्ट गर्ने वान अफ द पोर्टलको हिसाबले तपाई अघि बढ्न सक्नु हुनेछ । इनिसियसन लिइसकेपछि डे वानदेखि सधैका लागि तपाईले आफ्नो व्यावसायिकता कायम गर्दै जानुपर्छ । अब आफ्नो लक्ष्य कहाँसम्म हो भन्ने टार्गेट बनाएर त्यतैतर्फ डिरेक्सन लिनु भयो भने पक्कै पनि आफूले लिनु भएको भिजन, सेक्टरमा पुग्ने योगदानमा बीमा दर्पण डटकमले सफलता लिदै जानेछ भन्ने कुरामा म विश्वस्त छु । यहाँहरुले लिनु भएको इनिसियसनलाई विस यू अल द बेस्ट । बीमा क्षेत्र सुधारका लागि चाहिने कन्टेन्ट, सर्पोट, राइट गाईडेन्स र इन्फर्मेसनका लागि गर्नु पर्ने सहकार्यका लागि हामी जहिले पनि तत्पर छौं।’

