
नेपाल बैंक र नेपाल प्रहरीले गरे बैंकिङ्ग कारोबार सम्बन्धी समझदारी



काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार सम्बन्धि एक समझदारी सम्पन्न भएको छ ।
सो समझदारी साउन २२ गते प्रहरी प्रधान कार्यालयमा भएको थियो भने सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका हुन् ।
सोही सम्झौताबमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियत सहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ्ग सुविधा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।

