
आइपिओको पर्खाइमा रहेको हिम रिभर पावर कम्पनीले उत्पादन गरेको बिधुत केन्द्रीय प्रसारण लाइनमा जोडियो
काठमाडौं । हिम रिभर पावर लि. ले प्रवर्धन गरेको लिपिङ खोला जलविद्युत् आयोजना (१६.२६ मेगावाट क्षमता) केन्द्रीय बिधुत प्रसारण लाइनमा जोडिएको छ । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गा.पा. वडा नं. ०२ मा संचालित यो आयोजनाले उत्पादन गरेको बिधुत २०८३ साल मंसिर ६ गते देखि विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा जोडिएको हो । कम्पनीले आधिकारिक रुपमा बिधुत उत्पादन प्रसारण सुरु गरे पनि नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर जारी गर्न अनुमतिको लागि धितोपत्र बोर्डमा अन्तिम स्कृतिको लागि रहेको छ । धितोपत्र बोर्डले अन्तिम स्कृति दिएसँगै कम्पनीले सर्वसाधारणको लागि आइपोओ जारी गर्ने छ ।
कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने लागेको हो ।
कम्पनीले साधारण सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकेको छ । कम्पनीले सय रुपैयाँमा अंकित २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जारी पूँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १३ लाख ३० हजार कित्ता आयोजना प्रभावित बासिन्दाका लागि छुटयाइएको छ ।
यस्तै, बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । कम्पनीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा लिपिङ खोला निर्माण गरिरहेको छ । आयोजनाको कार्यसम्पनण गरि आधिकारिरुपमा केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।
कम्पनी २०६७ सालमा प्राईभेट खम्पनीको रुपमा स्थापना भएको पछि सन् २०२२ मा लिमिटेड कम्पनी रुपान्तरण भइ भिधुत उत्भपादन सुरु गरेको हो ।
कम्पनीले बिधुत प्रसारण लाइन जोडिएसँग कुनैपनि दुर्घटना नहोस भनेर आयोजनाको प्रभावित नागरिकको लागि आयोजनाबाट उत्पादित विद्युत वितरणका लागि निर्मित प्रसारण लाइन (Transmission Line) अन्तर्गत पावर हाउसको स्वीचार्ड (भोटेकोशी गा.पा. वडा नं. ०२) देखि सुनखानी सबस्टेसन (भोटेकोशी गा.पा. वडा नं. ०४) हुँदै लामुसाँगु सम्म सबस्टेसनमा प्रसारण लाइन चार्ज (Line Charging) गरि परिक्षण गरिने हुँदा प्रसारण लाइन चार्ज गरिए पश्चात् लाइन तथा संरचनाहरूमा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले गम्भीर दुर्घटनाको जोखिम हुनसक्ने भएकाले आज २०८३ साल मंसिर ६ गते आईतवार देखि २०८३ साल मंसिर १० गते विहिवार सम्म प्रसारण लाइनको आसपासमा गाईवस्तु तथा चौपाया चराउने, प्रसारण लाइनका टावर तथा संरचनामा चढ्ने, तार तथा अन्य विद्युतीय संरचनालाई छुने वा त्यसको नजिक गई कुनै पनि गतिविधि गर्ने कार्य नगर्नु नगराउनु अनुरोध गरेको छ ।


