
एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटामा हार व्यहोरेको छ । आजको जितले सुदूरपश्चिमका लागि प्लेअफमा पुग्न सहज बनाउनेछ ।
उता, जनकपुर बोल्ट्सले पनि ५ वटै खेल जितेको छ । जनकपुर अकंतालिकाको पाँचौँ स्थानमा रहेको छ । आजको खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरले २ जित र ३ हारसहित अंकतालिकामा ४ अंक जोडेको छ ।


