
सरकारको निर्णयविरुद्ध प्रहरी महानिरीक्षक कार्की अदालत जाने
काठमाडौं । मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक दानबहादुर कार्की अदालत जाने भएका छन् । उनले आफू निकटकाहरुसँग सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने विषयमा छलफल गरिरहेको बताइएको छ ।
उनले कानुन व्यवसायीसंग समेत यो विषयमा छलफल गरिरहेको उनी निकट स्रोतले जनाएको छ । मन्त्रिपरिषदको केही बेर अघि सम्पन्न बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर एआईजी मनोज केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।


