
एनआईसी एशिया बैंकको खुद नाफा १.३८ अर्ब,यस्ता छन् अन्य सूचकहरु



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गएको आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण प्रकाशन गरेको छ। बैंकले प्रकाशन गरेको सो तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्षको तुलनामा यसपालिको समिक्षा अवधिसम्ममा खुद नाफा घटेको हो ।
गत असार मसान्तसम्ममा बैंकले एक अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ भने सो रकम गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंक नाफा खुद नाफा बापत चार अर्ब ४४ करोड आर्जन गर्न सफल भएको थियो।
त्यस्तै, सो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेको छ भने सञ्चालन आम्दानी पनि ५३.८३ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको तथ्यांकमा देखिन्छ ।
साथै, नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि घटेको देखिन्छ। समीक्षा अवधिमा बैंकको ईपिएस घटेर ९ रुपैयाँ २६ पैसा पुगेको छ भने असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। बैंकको खराब कर्जा बढेर १.७४ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ०.११ प्रतिशत रहेको बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा देखिन्छ ।

