

बीमा दर्पण डटकम समाजको ऐना बनोस् : बीमा प्राधिकरणका अध्यक्ष सिलवाल




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बीमा, बैंक, वित्तीय क्षेत्र लगायत समाजमा महत्वपूर्ण सूचनाहरुमा केन्द्रित भएर कलम चलाउने उदेश्यले नव स्थापित अनलाइन पत्रिका बीमा दर्पण डटकमलाई शुभकामना दिएका छन् । सिलवालले बीमा क्षेत्रमा समेत लेखिनु पर्ने कुराहरु धेरै बाँकी रहेको र प्राविधिक विषयको समेत राम्रो ज्ञान राखेर सहि समाचार संम्प्रेषण गर्न खाँचो देखिएको औँल्याएका हुन् ।
बीमा दर्पण डटकमसँगको प्रत्यक्ष संवादमा सहभागी हुँदै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले भने,‘बीमा दर्पण अनलाइन पत्रिकालाई सर्वप्रथम त म शुभकामना दिन चाहान्छु । अहिले बीमासँग सम्बन्धित धेरै अनलाइन पत्रिकाहरुले आ–आफ्नो ठाउँबाट कलम चलाउदै आएको देखियो । अब त्यसको समिक्षा गरिहाल्नु पर्ने मलाई लाग्दैन । तर, पनि पाठकले के हेर्छ ? भने समाचारको सत्यता कति छ भनेर अवश्य हेर्छन् । त्यसरी सत्यता जाँच हुने भएकाले र बीमा बारेको बुझाई कति छ त त्यो सम्बन्धित पत्रिकासँग भन्ने कुरा हेरेर पत्रिकाको स्तर निर्धारण हुन्छ । त्यसैबाट पत्रिकालाई पाठकहरुको दृष्टिकोण प्राप्त हुने विषय भएकाले अब नयाँ रुपमा आउँन थालेको बीमा दर्पण पत्रिकाले यी जम्मै कुराहरुलाई समेटेर साच्चिकै बीमाको दर्पणको रुपमा आफूलाई स्थापित गर्न सकोस् भन्ने मेरो शुभेच्छा छ ।’
उनले बीमा सबैलाई बुझाउनु पर्ने विषय भएकाले बीमाको महत्वको बारेमा बुझाई कम भएकाले नै नेपालमा बीमाले व्यापकता पाउन नसकेको स्पष्ट पारे । सिलवालले नागरिकलाई मात्र नभई सरकार समक्ष नै बीमाको आवश्यकताको बारेमा बुझाई दिने लेखहरु प्रकाशन गर्न सकोस भन्ने शुभ भाव व्यक्त गरेका छन् ।
त्यस्तै, बीमा दर्पण पत्रिकामा प्रकाशित समाचारहरु निस्पक्ष हुन सकोस्, साच्चैको सहि पत्रिकाको रुपमा पत्रकारिता जगतमा आफूलाई स्थापित गर्न सकोस् भन्ने उनको भनाई छ । तर, आफूले भन्नै पर्ने विषय भन्दै सिलवालले यही पत्रिकाको पनि समिक्षाको समय आउदा त्यतिबेला फेरी आफ्नो दृष्टिकोणबाट समिक्षा गर्न तयार रहेको बताए । आफ्ना महत्वपूर्ण भनाई व्यक्त गरेसँगै उनले बीमा दर्पण पत्रिकालाई हार्दिक शुभकामना दिदै आफ्नो भनाई टुंग्याएका छन् ।